नेप्से २ अंकले ओरालो लाग्यो, ९५ करोड ५१ लाखको कारोवार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से २ अंकले ओरालो लाग्यो, ९५ करोड ५१ लाखको कारोवार



काठमाडौं  १३ बैशाख । बुधवार नेप्से परिसुचक २ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय ७० अंकमा झरेर बन्द भएको छ ।

बुधवार बैंकिङ, होटल र उत्पादन समुहको परिसुचक घट्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन उत्पादन ३०, होटल १५ दशमलव ८४ बैंकिङ समुह ७ दशमलव ९ अंकले घटेको छ ।

यता विकास बैंक,जलविद्युत, वीमा ६ र अन्य २ दशमलव ८९ अंकले उकालो लागेको छ । बुधवार १ सय ४५ कम्पनी कारोवारमा आएका थिए । सो दिन १४ लाख कित्ता सेयरबाट ९५ करोड ५१ लाखको कारोवार भएको छ ।

प्रकाशित : १३ बैशाख २०७४, बुधबार ०९:५८