अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली



काठमाडौँ १४ बैशाख। बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सिन्धु विकास बैंकसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

यस सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान र सिन्धु विकास बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत संजीब प्रधानूले हस्ताक्षर गरे ।

यो सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनका लागि NCHL-IPS प्रणाली उपलब्ध गराउनेछ ।

यो प्रणालीमार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटान्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

यो प्रणालीमा हालसम्म ७३ बैंक तथा वित्तीय संस्थाहरुसंग डाइरेक्ट सदस्यको रुपमा र अन्य ५ कम्पनीसंग इन्डाइरेक्ट(टेक्निकल मेम्बर) सदस्यको रुपमा सम्झौता गरिसकेको छ ।

प्रकाशित : १४ बैशाख २०७४, बिहीबार ०५:१३