एनएमबि माइक्रोफाइनान्सको प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि माइक्रोफाइनान्सको प्रगति



काठमाडौँ १४ बैशाख । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही अवधिको तुलनामा एनएमबिको खुद नाफा ७२।२१५ ले बढेको हो । यसको खुद ब्याज आम्दानी पनि ८३।८८५ ले बढेर १० करोड ३२ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी ५ करोड ६१ लाख ३२ हजार रुपैयाँ मात्र थियो । एनएमबि माइक्रोफाइनान्सले तेस्रो त्रैमाससम्म आइपुग्दा ३३ करोड ८५ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ५७ करोड ८३ लाख ५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एनएमबिले निष्कृय कर्जालाई ०।८८५ मा सीमित राखेको छ । गत वर्ष निष्कृय कर्जा १।३०५ थियो । यो त्रैमासमा एनएमबिको सेयर पुँजी १० करोड ९६ लाख १५ हजार रुपैयाँ छ । गत वर्ष सेयर पुँजी ४ करोड ६० लाख रुपैयाँमात्र थियो । यस आधारमा माइक्रोफाइनान्सको सेयर पुँजी एक वर्षमा १३८।२९५ ले वृद्धि भएको छ । कम्पनीको रिजर्भ कोषमा ५ करोड ६८ लाख १२ हजार रुपैयाँ जम्मा भएको छ । एनएमबिको प्रतिसेयर आम्दानी ९वार्षिक० ४२ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८३ पैसा छ ।

प्रकाशित : १४ बैशाख २०७४, बिहीबार ०५:१७