आइसिटीमा महिलाको पहुँच बढाउःसञ्चारमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आइसिटीमा महिलाको पहुँच बढाउःसञ्चारमन्त्री



काठमाडौँ, १४ वैशाख । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधि (आइसिटी) को क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् ।

‘इन्टरनेसनल गल्र्स इन आइसिटी डे १०१७’ को अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले समग्रमा (आइसिटी) क्षेत्रमा महिलाको सहभागिता र पहँुच अत्यन्त कम भएकाले त्यसलाई बढाउनुपर्ने बताए ।

“महिलाकोे बौद्धिक विकास नभएसम्म उनीहरूको चौतर्फी विकास हुन गाह्रो छ, त्यसका लागि अरुले भन्नेभन्दा पनि महिला स्वयम् सक्रिय हुन आवश्यक छ”– मन्त्री कार्कीले भने ।

गाउँगाउँमा इन्टरनेटको नारा मात्रै लगाउनेभन्दा पनि इन्टरनेट के का लागि प्रयोग गर्ने र कसरी प्रयोग गर्ने भन्ने मुख्य विषय भएको उहाँको भनाइ छ । राष्ट्रिय महिला आयोगका अध्यक्ष भगवती घिमिरेले आर्थिक, सामाजिक र राजनीतिकलगायत राज्यका हरेक संरचनामा महिलाको समान सहभागिता गराउन जोड दिनुभयो ।

प्राधिकरणका अध्यक्ष दिगम्वर झाले ग्रामीण क्षेत्रका प्रत्येक विद्यालय, स्वास्थ्यचौकी, प्रत्येक गाउँपालिकामा अनिवार्य इन्टरनेट पु¥याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित : १४ बैशाख २०७४, बिहीबार ०७:४८