Feature News

गरिमा विकासको नाफा ६९ प्रतिशतले बढ्यो



काठमाडौं, १५ वैशाख  । गरिमा विकास बैक (Garima Bikas Bank Limited)  ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ६९ दशमलव ८६ प्रतिशतले वृद्धि गरी २४ करोड ८५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा मुनाफा १४ करोड ६६ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब २९ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी भएको गरिमा विकास बैकले जगेडाकोषमा ४६ करोड ८९ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा ७० दशमलव ७५ प्रतिशतले वृद्धि गरी १३ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा १२ अर्ब ९ करोड ४ लाख रुपैयाँ लगानी गरेको छ,जुन गत वर्षको सोहि अवधिको तुलनामा ६८ दशमलव ६६ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानीमा ७५ दशमलव १६ प्रतिशतले बढेर ५४ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६८ दशमलव २६ प्रतिशतले बढेर ३८ करोड ७६ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ४ करोड ५१ लाख रुपैयाँ राखेको छ र २५ लाख रुपैयाँ खराब कर्जामा उठाएको छ ।

बैंक (GBBL) को निष्कृय कर्जा शुन्य दशमलव ७४ प्रतिशत, जोखिम युक्त सम्पत्ति १७ दशमलव १८ प्रतिशत, प्रतिशेयर आम्दानी २५ दशमलव ५६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ७६ गुणा, प्रतिशेयर नेटवर्थ १३६ दशमलव १७ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ९६ प्रतिशत रहेको छ ।

प्रकाशित : १५ बैशाख २०७४, शुक्रबार ०६:०४