यी ५ देश – जहाँ घर बनाउनका लागि नि:शुल्क जमिन प्रदान गरिन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यी ५ देश – जहाँ घर बनाउनका लागि नि:शुल्क जमिन प्रदान गरिन्छ



आफ्ना परिवारसँग आफ्नो निजी घरमा बस्ने सबैको सपना हुन्छ । आजभोलिको महंगीमा यो काम त्यति सजिलो छैन । जनसङ्ख्या वृद्धि भएसँगै मान्छेको यो सपना पनि सपनामै सीमित हुने गरेको छ । तर संसारमा यस्ता ठाउँहरु पनि छन् जहाँ घर बनाउन आवश्यक जमिन निशुल्क पाइने गरिन्छ ।

१ मर्ने, आयोवा

लगभग १४९ घर भएको यस देशमा सरकारले घर बनाउन नि:शुल्क जग्गा उपलब्ध गराउँछ । यसो गर्नुको मुख्य कारण भने यहाँको जनसंख्या बढाउनका लागि हो । यहाँ सरकारले घर बनाउन दुई सय स्क्वायर फिट जमिन प्रदान गर्छ तर २ वर्ष भित्रै त्यहाँ घर बनिसकेको हुनुपर्छ ।

२ डेट्रोइट, मिशिगन

कामदारको अभाव भएका कारण डेट्रोइटको एउटा ठूलो कम्पनीले मान्छेलाई रोजगारी मात्र नभएर घर भाडामा लिएमा एक वर्षको १ लाख ६० हजार रुपैयाँसम्मको भत्ता पनि प्रदान गर्छ ।

३ मार्क्‍वेट, कैंजस

मार्क्‍वेटका बासिन्दाहरु अन्य मान्छेहरुलाई त्यहाँ बस्नका लागि निमन्त्रणा गर्ने गर्छन् र त्यहाँ बस्ने व्यक्तिलाई नि:शुल्क जमिन पनि दिन्छन्, जहाँ १ वर्षमै घर बनाइसक्नु पर्ने हुन्छ ।

४ न्यू हेवेन, कनेक्टिकट

कनेक्टिकटको न्यू हेवेनमा परिवार समेत बस्नेलाई सरकारले ६ लाख रुपैयाँ सम्मको सहयोग गर्दै आएको छ । यो रकम घर कर्जा डाउन पेमेन्ट भर्न र अन्य खर्च गर्नका लागि प्रयोग गर्न सकिन्छ ।

५ लिंकन, कैंजस

यहाँको जनसङ्ख्या तीन हजार दुई सय एकचालिस मात्र भएकाले पनि लिंकनका मानिस र सरकार दुवैले यहाँ बस्न आउनेलाई नि:शुल्क जमिनका साथै अन्य सुविधा पनि उपलब्ध गराउने गरेको छ ।एजेन्सीको सहयोगमा 

प्रकाशित : १५ बैशाख २०७४, शुक्रबार ०६:५६