सनराइज बैंकले हकप्रद सेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइज बैंकले हकप्रद सेयर निष्काशन गर्ने



काठमाडौं १५ बैशाख । सनराइज बैंक लिमिटेडले ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले शुक्रबार (वैशाख १५ गते) सनराइजलाई हकप्रद निष्काशनको अनुमति दिएको हो । सनराइजले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार छ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।
हकप्रद निष्काशनका लागि बैंकले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाल सनराइज बैंकको चुक्तापुँजी पाँच अर्ब ४५ करोड ३२ लाख १५ हजार छ सय रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब आठ करोड ९१ लाख ७९ हजार एक सय रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १५ बैशाख २०७४, शुक्रबार १०:१७