इच्छाराज तामाङले सिभिल बैंकको सञ्चालक समिति छाडे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इच्छाराज तामाङले सिभिल बैंकको सञ्चालक समिति छाडे



काठमाडौं  १६ बैशाख । राष्ट्रपतिबाट वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) प्रमाणीकरण भएपछि इच्छाराज तामाङले सिभिल बैंकको सञ्चालक समिति छाडेका छन् । बाफियाले बैंक तथा वित्तीय संस्थाका करिव तीन दर्जन सञ्चालकहरु अयोग्य बनाएको छ ।

बाफियाले संसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेपछि तामाङले सिभिल बैंकको सञ्चालबाट राजिनामा दिएका हुन् । तामाङले छाडेपछि सञ्चालक समितिमा अम्बिर बोगटी नियुक्त भएका छन् ।

उनलाई बैंकमा विशेष कार्यक्रम गरेर स्वागत गरिएको छ भने तामाङलाई विदाइ पनि गरिएको छ । बैंकले तामाङले बैंकलाई सशक्त बनाउन तामाङले अहिलेसम्म अध्यक्षका रुपमा खेलेको भूमिकाको प्रशंसा गरेको छ ।

बाफियाको नियमअनुसार सांसदसमेत रहेका माछापुच्छ्रे बैंकका अध्यक्ष वीरेन्ऽप्रसाद महतो र एनसिसी बैकका सञ्चालक मोहनवहादुर बस्नेतले पनि बैंक छाड्नु पर्नेछ ।

प्रकाशित : १६ बैशाख २०७४, शनिबार १३:०२