ग्रीसमा अर्को संकट, बैंकहरुमा ताला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्रीसमा अर्को संकट, बैंकहरुमा ताला



alexis_tsiprasग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले सोमबार सबै बैंकलाई बन्द राख्न निर्देशन दिएका छन् । त्यति मात्र नभइ एटिएम मेसिनबाट पैंसा निकाल्न समेत बन्द गराइएको छ ।

ग्रीक सरकारले एक साता सम्म बैंकको कामकाज नहुने बताएको छ । यस दौरान बचतकर्ताले समेत दिनमा ६० यूरो भन्दा बढी बैंकबाट झिक्ने अनुमति छैन । विना अनुमति उपभोक्ताले रकम बाहिर पठाउन समेत नपाउने भएका छन् ।

उता, यूरोपीय सेन्ट्रल बैँक ईसीबीले ग्रीसको बैंकिङ प्रणालीका लागि अपतकालिन सहायता नदिने निर्णय गरेको छ । ग्रीस र यूरोजोनबीचको वार्ता विफल भएपछि ईबीसीले यस्तो फैसला गरेको हो । ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्राससंग अब विकल्पका बाटा थोरै मात्र बचेका छन् । ईबीसीको घोषणाले ग्रीसका बैंकहरुमाथि थप दबाब परेको छ ।

रीसका बैंक जुन पहिले देखि नै केन्द्रिय बैंकसंग निर्भर थिए । ती बैंकहरुको अगाडी पैंसा झिक्ने ग्राहक निरास मुद्रामा लाइन लागेका छन् ।
ग्रीसका नागरिकहरुलाई पैसा निकाल्न रोक लाग्ने र युरो मुद्राको भाउ घटेर बेकामे भई घाटा लाग्ने डर बढेको छ ।

ईबीसी शक्रबार यूरोजोन र ग्रीसबीत भएको वार्ता विफल भएपछि यस्तो कडा कदम चाल्न बाध्य भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।एजेन्सी

प्रकाशित : १४ असार २०७२, सोमबार ०२:२६