सरकारलाई निर्वाचन अायोगको झड्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सरकारलाई निर्वाचन अायोगको झड्का



काठमाडौं  १६ बैशाख । दुई चरणमा गरिन लागेको स्थानीय निर्वाचनको बीचमा बजेट ल्याउनू आचारसंहिता विपरित हुने ठहर निर्वाचन आयोगले गरेको छ ।

शनिबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले निर्वाचनको बीचमा बजेट ल्याउने सरकारको प्रयासमा ठेस पुर्‍याउँदै त्यसो गरिनु आचारसंहिता विपरित हुने ठहर गरेको हो ।

आयोगको निर्णयमा भनिएको छ, ‘एक महिनाको अन्तरालमा हुने दुई चरणका निर्वाचनका बीच सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकूल नहुने भएकाले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम तथा बजेटले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सो सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्ने ।’

हरेक वर्ष जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरिनुपर्ने संवैधानिक व्यवस्था गरिएको छ । निर्वाचन आचारसंहिता गत फागुन १८ गतेबाटै लागिसकेको छ । यो आचारसंहिता दोस्रो चरणको निर्वाचन नहुन्जेलसम्मका लागि कायम हुने आयोगको भनाइ छ ।

एकै चरणमा निर्वाचन सम्भव नभएको भन्दै सरकारले पहिलो चरणको निर्वाचन वैशाख ३१ गते तीनवटा प्रदेशमा र दोस्रो चरणको निर्वाचन चारवटा प्रदेशमा जेठ ३१ गते गर्ने निर्णय गरिसकेको छ ।

आयोगले फागुन १८ बाटै निर्वाचन आचारसंहिता लागू भइसकेकाले दोस्रो चरणको पनि निर्वाचन नहुन्जेलसम्म सरकारको नीति तथा कार्यक्रम बजेट ल्याउन नमिल्ने निचोड निकालेको हो ।

प्रकाशित : १६ बैशाख २०७४, शनिबार १५:१७