दुई साताभित्र तीन क्लियरिङ बैंकले सेवा प्रदान गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दुई साताभित्र तीन क्लियरिङ बैंकले सेवा प्रदान गर्ने



काठमाडौं, १७ बैशाख । दुई साताभित्र थपिएका तीन क्लियरिङ बैंकले सेवा प्रदान गर्ने भएका छन। केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी)ले छानिएका बैंकहरुसँग काम सुरु गर्ने बारे यसै साता सम्झौता गर्ने जनाएको छ । खुला प्रतिस्पर्धाबाट सिद्धार्थ बैंक, प्रभु बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक क्लियरिङ बैंकको रुपमा छनौट भएका थिए । छानिएका क्लियरिङ बैंकहरुसँग काम सुरु गर्ने बारे यसै साता सम्झौता हुँदैछ । सम्झौता भएको हप्ता दश दिनभित्रै ती बैंकहरुले काम थाल्ने सिडीएससीका कार्यकारी प्रमुख देबप्रकाश गुप्ताले जानकारी दिए ।
धितोपत्र बोर्ड, नेप्से, सिडीएससी, सम्बन्धित बैंक र ब्रोकरहरुको संलग्नतामा थपिएका बैंकहरुबाट कसरी काम गर्ने भन्ने बारे कार्यविधि बनेको छ । सोही कार्यविधि अनुसार नै थपिएका बैंकहरुले सेवा थाल्ने गुप्ताले बताए ।नेपाल स्टक एक्सचेन्ज ललिमिटेड (नेप्सें) को संचालक समितिबाट स्वीकृत मापदण्ड र मूल्यांकन तालिका अनुसार सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सिद्धार्थ बैंक, प्रभु बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई डेढ महिना अगाडि क्लियरिङ्ग बैंकमा नियुक्त गरेको थियो ।

नेप्सेले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट (तेस्रो संशोधन) विनियमावली, २०७३ प्राप्त भएपश्चात संशोधित प्रावधानहरुलाई समेत समेटेर क्लियरिङ बैंक थप गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।
यसअघि ग्लोबल आइएमई बैंकले मात्र क्लियरिङ सेवा दिँदै आएको थियो। अब क्लियरिङ बैंकको संख्या चार पुगेको छ । जिल्ला जिल्लामा सेयर दलालहरुले शाखा विस्तारगरी कारोबार समेत थालेको अवस्थामा थपिएका क्लियरिङ्ग बैंकले धितोपत्र कारोबार, राफसाफ तथा फछ्र्यौटमा थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

प्रकाशित : १७ बैशाख २०७४, आईतवार ०८:२८