संविधानको पहिलो मस्यौदा आज अध्यक्ष नेम्वाङसमक्ष पेश हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संविधानको पहिलो मस्यौदा आज अध्यक्ष नेम्वाङसमक्ष पेश हुँदै



काठमाडौं । संविधानसभाको संविधान मस्यौदा समितिले तयार पारेको संविधानको पहिलो मस्यौदा आज संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसमक्ष पेश गर्ने भएको छ । संविधानसभाले तोकेको समयावधि भित्रै समितिले संविधानको पहिलो मस्यौदा तयार पारेको हो । समितिले प्रस्तावनामा राख्ने विषय, नागरिकताको विषय, बहुलवाद, स्थानीय निकायको निर्वाचन प्रणाली, जस्ता विषयमा भएका विवादहरुको टुङगो लगाउंदै मस्यौदा तयार गरेको हो ।

समितिमा धेरै छलफल भएपनि न्यायाधीशहरुको पुनःनियुक्ति र धर्म निरपेक्षता कि धार्मिक स्वतन्त्रता भन्ने विषयमा भने सहमति हुन सकेन । सहमति हुन बांकी रहेका विषयलाई संविधानसभामा नै छलफल गर्ने गरी पहिलो मस्यौदा तयार भएको छ । समितिले तयार पारेको पहिलो मस्यौदा संविधानसभामा छलफल भएपछि राय सुझाबका लागि नागरिक माझ पठाइने छ । राय सुझाब आएपछि समितिले पुनः सुझाबसहितको मस्यौदा तयार पार्ने छ । गत जेठ २९ गते बसेको संविधानसभाको बैठकले मस्यौदा समितिलाई पन्ध्र दिनमा पहिलो मस्यौदा तयार गर्ने समय दिएको थियो ।

प्रकाशित : १४ असार २०७२, सोमबार ०३:२७