अब  अनलाइनबाटै नक्सामा  हस्ताक्षर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अब  अनलाइनबाटै नक्सामा  हस्ताक्षर



काठमाडौँ, १८ वैशाख । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ ।  गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकामा अब त्यस किसिमको अवस्था नआउने कामपाका इन्जिनियर राम थापाले जानकारी दिनुभयो । यस व्यवस्था भएसँगै नगरवासीलाई थप सुविधा पुग्ने विश्वास कामपाले लिएको छ ।

यसअघि नक्सा पासको सबै काम अनलाइनबाट भए पनि हस्ताक्षर हातले हुने हुँदा अन्तिम समयसम्ममा नक्सा पास गराउने व्यक्ति कामपामा आउनुपर्ने थियो, अब नगरवासी यस किसिमको झन्झटबाट मुक्त भएका छन् । घरबाट नै नक्सा पासका लागि दर्ता र पास भएको नक्सा लिन पाउनेछन ।

थापाका अनुसार यो प्रक्रिया अघि बढाउनका लागि नीतिगत निर्णय भइसकेको छ केही प्राविधिक समस्या समाधान हुनेबित्तिकै छिट्टै काम सुरु हुन्छ । यससँगै कामपाले भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्साअनुरुप निर्माण कार्य नगर्ने पाएपछि नियमित अनुगमनका लागि आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन सुरु गरेको छ ।

प्रकाशित : १८ बैशाख २०७४, सोमबार ०७:५८