वीरगञ्जमा खुल्न थाले शेयर ब्रोकर शाखाहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वीरगञ्जमा खुल्न थाले शेयर ब्रोकर शाखाहरु



वीरगञ्ज १८ बैशाख । शेयर खरिद बिक्रीका लागि वीरगञ्जमा धमाधम ब्रोकर शाखा खुल्न थालेका छन्। धितोपत्र बोर्डबाट वीरगञ्ज क्षेत्रको लागि अनुमति पाएको चार वटा ब्रोकर कम्पनीहरुमध्ये दुई वटाले कारोबार सुरु गरिसकेका छन् भने दुई वटा चाँडै कारोबार सुरु गर्ने तयारी गरेका छन्।गत चैत २४ गते वीरगञ्जका लागि पहिलो प्राइमो सेक्युरिटिज प्रालीले शाखा उद्घाटन गर्दै शेयर खरिद बिक्रीको कारोबार सुरु गरेको थियो भने हिजो आइतवार नासा सेक्युमरिटिज प्रालीले आदर्शनगरस्थित बिभोर बैंकको चौथो तल्लामा कार्यालय खोलेर कारोबार थालेको छ।

ब्रोकर नं ५८ नासाको कार्यालयको उद्घाटन वीरगंजका उद्योगी एवम वीरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक वैद्यले गरेका थिए। नासाका प्रबन्धक जीत दहालका अनुसार नासाबाट पहिलो दिन नै उत्साहजनक कारोबार भएको जानकारी दिए। नासाले पहिलो दिन ५ करोड ६६ लाखको कारोबार गरेको छ। ब्रोकर नं १६ प्राइमोका प्रबन्धक जयप्रकाश साहका अनुसार प्राइमोले प्रतिदिन ८० लाख देखि एक करोड रुपैयाँसम्म कारोबार गरिरहेको बताए।

धितोपत्र बोर्डबाट अनुमति पाएको ब्रोकर नं २२ सिप्रदी सेक्युरिटिज र ब्रोकर नं २५ को स्वेता सेक्युरिटिजले पनि चाँडै कारोबार सुरु गर्ने तयारी रहेको जानकारी दिए। शेयर खरिद तथा बिक्री तथा शेयर सम्बन्धी अन्य कार्यका लागि यस क्षेत्रको व्यापारीहरुले काठमाडौं धाउने समस्याबाट मुक्ति पाएको यहाँका व्यापारीहरुले बताएका छन्। वीरगंजका उद्योगपति विजयकुमार सरावगीले उपत्यका बाहेक अन्य व्यापारिक सहरसँगै वीरगञ्जमा पनि ब्रोकरको शाखा विस्तारले पर्सा, बारा, रौतहट तथा मकवानपुरका व्यापारीहरुलार्य शेयर कारोबार गर्न सहज भएको बताए।

प्रकाशित : १८ बैशाख २०७४, सोमबार ०९:२९