माछापुच्छ्रे बैंकको प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माछापुच्छ्रे बैंकको प्रगति



काठमाडौं १९ बैशाख । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको त्रैमासको भन्दा ६१।०१५ ले बढी हो । गत वर्ष बैंकले यही अवधिमा ६२ करोड ४२ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । चुक्ता पुँजी ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँबाट बढाएर बैंकले ६ अर्ब ५९ करोड ८७ लाख पुर्याएको छ । गत वर्षको तुलनामा चुक्ता पुँजी पनि ९८।०६५ ले बढोत्तरी भएको हो । यो त्रैमासमा बैंकको रिजर्भ कोषमा १ अर्ब ७५ करोड ८४ लाख ७ हजार रुपैयाँ जम्मा भएको छ । चुक्ता पुँजी बढ्दै जाँदा रिजर्भ कोषलाई भने विस्तार गर्ने प्रमुख चुनौती  थपिएको छ । वित्तीय स्वस्थ्य र लगानीकर्ताको रोजाईमा पर्न पनि सूचीकृत कम्पनीले रिजर्भलाई आकर्षक बनाउन आवश्यक हुन्छ ।

यता, बैंकले खुद ब्याज आम्दानी पनि गत वर्षको तुलनामा ३३।६४५ ले बढाउन सफल भएको छ । यो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७५ करोड १६ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी जम्मा १ अर्ब ३१ करोड ६ लाख २३ हजार रुपैयाँ मात्र थियो । निक्षेप ४८ अर्बबाट बढाएर ५८ अर्ब ४ करोड ८१ लाख ७ हजार रुपैयाँ पुर्याएको बैंकले ५३ अर्ब अर्ब ५ करोड ८९ लाख ५८ हजार रुपैयाँ कर्जा लगानी गरेको तथ्य बाहिर ल्याएको छ । प्रोभिजनमा १४ करोड ५० लाख ७५ हजार रुपैयाँ छुट्याएको यो बैंकले १३ करोड ५९ लाख रुपैयाँ राइट ब्याक गर्न सकेको देखिन्छ । बैंकको खराब कर्जा ०।३६५ मा सीमित भएको छ । गत वर्ष बैंकको खराब कर्जा ०।५५५ थियो ।

बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन १२५ हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । १०ः१।२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासनमा लागि अनुमति मागेको हो । बैंकको यो हकप्रदमा एनएमबि क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । बैंकले यसअघि मंसिर १९ गते देखि माघ २ गतेसम्म ५०५ हकप्रद सेयर बिक्री गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६० पैसा छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ०५ पैसा रहेको थियो ।

प्रकाशित : १९ बैशाख २०७४, मंगलवार ०५:३३