विश्वकै तेज क्यामरा आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विश्वकै तेज क्यामरा आउँदै



काठमाडौं १९ बैशाख ।अब गतिवान गोलीलाई समेत खिच्नसक्ने विश्वकै तिव्र गतिको क्यामरा आउँदै छ । उक्त क्यामरा विद्यमान क्यामराहरुभन्दा करोडौँ अरबौँ गुणा फास्ट हुने बताइएको छ । यो क्यामराले प्रकाशको प्रसार समेत खिच्न सक्नेछ ।

स्विडेनको लुन्ड विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो क्यामरा तयार गरेको छ जसले एक सेकेण्डमा ५ करोड वटा तस्वीर खिच्न सक्दछ ।

यो क्यामराले सुरुमा केही इमेजलाई सिंगल फ्रेममा क्याप्चर गर्दछ । शटर खुल्ला रहन्छ र उसले वस्तुमाथि लेजर प्रकाश फ्याँक्दछ । हरेक लेजर फ्लास भिजुअल्ली कोडिङ हुन्छ जसले अर्को तस्वीरमा असर गर्दैन ।

यसअघि विश्वको सबैभन्दा तेज क्यामराको उपाधि जापानको टोक्यो युनिभर्सिटीका वैज्ञानिकले तयार पारेको क्यामराको नाउँमा रहेको छ । उक्त जापानी क्यामराले एक सेकेण्डमा ४ करोड वटा फोटो खिच्न सक्दछ ।

वैज्ञानिक तथा औद्योगिक अनुसन्धानमा यो तिव्र गतिको क्यामराले विशेष भूमिका निभाउन सक्ने बताइएको छ । साथै रसायन विज्ञानमा विभिन्न तत्वको अध्ययनमा पनि यसको प्रयोग गर्न सकिनेछ । एजेन्सी

प्रकाशित : १९ बैशाख २०७४, मंगलवार ०७:०१