बैंक अफ काठमाडौले ६ शाखा खोल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बैंक अफ काठमाडौले ६ शाखा खोल्ने



काठमाडौं । बैंक अफ काठमाडौले पश्चिम तथा सुदूरपञ्चिमका ग्रामिण र अर्धशहरी बजारहरुमा वित्तीय पहुँच अभिवृद्वि गर्न शाखा खोल्ने भएको छ । बैंक अफ काठमाडौ र युकेएडको आर्थिक सहायता प्राप्त सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच मंगलबार काठमाडौमा पश्चिम तथा सुदूरपञ्चिमका ग्रामिण र अर्धशहरी बजारहरुमा बैंकका शाखा खोल्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ  । समझदारी अनुसार बैंकले रुपन्देही, प्युठान, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरमा ६ वटा नयाँ शाखा खोल्ने छ । बैंक अफ काठमाडौका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले नयाँ शाखामार्फत बैंकले महिला उद्यमी, कृषक, कृषिमा आधारित व्यवसाय तथा स्थानीय साना र मझौला उद्योगहरुमार्फत एक अर्ब रुपैयाँ ऋण लगानी गर्ने बताए । समझदारी अनुसार सक्षमले बैंक अफ काठमाडौलाई साना किसान लक्षित लघु कर्जा, विप्रेषण सुविधा लगायतका वित्तिय सेवा प्रदान गर्न मद्दत गर्नेछ ।

प्रकाशित : १६ असार २०७२, बुधबार ०२:५३