एभरेष्ट बैंकले मर्ज र एक्विजिशन गर्ने प्रस्ताब पारित गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंकले मर्ज र एक्विजिशन गर्ने प्रस्ताब पारित गर्यो



काठमाडौँ २० बैशाख ।एभरेष्ट बैंकले बिशेष साधारणसभा गरी अरु संस्था मर्ज र एक्विजिशन गर्ने र संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्ने प्रस्ताब पारित गरेको छ ।राजधानीमा बुधबार आयोजित बिशेष साधारण सभाले मर्ज र एक्विजिशनसम्बन्धी प्रक्रिया अगाडि बढाउन संचालन समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको हो ।बैंकले हाल कम्पनीको ७० प्रतिशत संस्थापक सेयर रहेकोमा त्यसको १९ प्रतिशतलाई साधारणमा परिवर्तन गरी संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्ने प्रस्ताब पनि पारित गरेको छ ।

त्यस्तै हकप्रद निश्काशनको क्रममा कायम भएका सेयरधनीले अरुलाई हक हस्तान्तरण गर्नसक्ने अधिकार दिने सम्बन्धी ब्यवस्था मिलाउने प्रस्ताव पनि पारित गरेको छ ।साधारणसभामा एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले अरु संस्थालाई किनेर जगेडा कोष बलियो बनाउने योजना सुनाएका थिए । पञ्जाब नेशनल बैंकको साझेदारी रहेको एभरेष्टले विगतमा नगद लाभांसलाई प्राथमिकतामा राख्दै आएको थियो । पूँजी आठ अर्ब पुर्याउनु पर्ने बाध्यताले गत आर्थिक वर्षमा ७० प्रतिशत बोनस बितरण गरे पनि अब बैंकले नगद लाभांसलाई नै प्राथमिकता दिने संकेत अध्यक्ष श्रेष्ठले दिए ।

साधारण सभामा सेयरधनीहरुले अन्यौलका विषय प्रष्ट पार्न बैंक व्यवस्थापनसँग आग्रह गरेका थिए । प्रतिउत्तरमा बैंकका अध्यक्ष श्रेष्ठले सेयरधनीलाई भने, ‘स्टाण्डर्ड चार्टर्ड र नबिल बाहेक सबै संस्थासँग एक चरण कुरा भैसकेको छ ।

प्रकाशित : २० बैशाख २०७४, बुधबार १०:५८