हाम्रो बिकास बैंकको  हकप्रद जेठ ७ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हाम्रो बिकास बैंकको  हकप्रद जेठ ७ देखि



काठमाडौं  २१ वैशाख। हाम्रो बिकास बैंकले जेठ ७ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ ।   बैंकले १:२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको २ सय प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
बैंकले ३० करोड ५८ लाख रुपियाँको  ३० लाख ५८ हजार ३ सय ३८ दशमलव ७५ कित्ता हकप्रद निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ   ।
बैंकले हकप्रदको प्रयोजनको लागि बैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेकाले बैशाख १० सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउने छन्। लगानीकर्ताले असार ११ सम्म हकप्रदमा आवेदन दिन सक्ने छन्  ।
इच्छुक लगानीकर्ताले  एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट, हाम्रो विकास बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्ने छन् ।
बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ९२ लाख १६ हजार खुद नाफा गरेको थियो। बैंकको चुक्ता पुंजी १५ करोड २९ लाख रहेकोमा हकप्रद निष्काशनपछि चुक्ता पुजी ४५ करोड ८८ लाख पुग्ने छ   ।  राष्ट्र बैंकको निर्देशन अनुसार एक जिल्ले विकास बैंकले २०७४ असार  मसान्तसम्म चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने छ  ।

प्रकाशित : २१ बैशाख २०७४, बिहीबार १०:४९