अनुचित सामाग्री अनुगमन गर्न फेसबुकले ३ हजार रोजगारी थप्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अनुचित सामाग्री अनुगमन गर्न फेसबुकले ३ हजार रोजगारी थप्दै



काठमाडाै २२ बैशाख  । अनुचित सामाग्री अनुगमन गर्न फेसबुकले तीन हजारजनालाई रोजगारी दिन लागेको बताएको छ । घृणायुक्त टिप्पणी, बाल दुर्व्यवहार तथा आफैंलाई नोक्सानी पुर्याइएका घटना सो सञ्जालमार्फत प्रसारण हुन थालेकाले नियन्त्रण गर्न अनुगमन कडा पार्न लागिएको बताइएको छ ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जुकर्बर्गले मानिसहरुले फेसबुक लाइभमार्फत आफैंलाई अनि अरुलाई नोक्सानी पुर्याएको घटना प्रसारण भएको हेर्नु पर्दा आफ्नो मन कुँडिएको बताएका छन् । उनले त्यस्ता समस्याकारी भिडियोहरुको रिपोर्टिंग गर्न सहज बनाइने बताए ।

बीबीसीका अनुसार उक्त सामाजिक सञ्जालमा हत्या तथा आत्महत्या प्रत्यक्ष प्रसारण गरिएका घटना देखा परेपछि यी नयाँ कदम चाल्न लागिएका हुन् । एप्रिल महिनामा एकजना मानिसको हत्या भएको छटना फेसबुक लाइभ मार्फत प्रत्यक्ष प्रसारण भयो ।

सोही महिनामा एकजना थाई मानिसले आफु स्वयं र आफ्नो सी छोरीको हत्या उसैगरि प्रत्यक्ष प्रसारण गरे ।  जुकर्बर्गले फेसबुकको समुदाय व्यवस्थापन टोलीमा हाल भएका ४५ सय कर्मचारीका अतिरिक्त थप भर्ना गरेर त्यस्ता सामाग्रीबारे रिपोर्टिंग हुने वित्तिकै चाँडो प्रतिकृया जनाउन लागिएको जनाए ।

आफ्नो फेसबुक प्रोफाइलमा लेख्दै उनले कम्पनीले हरेक हप्ता प्राप्त गर्ने दशौं लाख सामाग्रीका रिपोर्टलाई व्यवस्थापन गर्न नयाँ औजार विकास गर्ने भनेका छन् ।

‘हामी समस्याबारे गुनासो वा रिपोर्ट गर्न सजिलो बनाउनेछौं। जसले गर्दा हाम्रा समीक्षकहरुले कुन सामाग्रीले हाम्रा मापदण्ड नाघ्छन् भनेर छिटो निर्धारण गर्न सक्नेछन् । ‘गत साता हामीले कोही मानिसले लाइभ भिडियोमा आत्महत्या गर्न लागेको भन्ने जानकारी पायौं ।

तत्काल हामीले सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायलाई खबर गर्यौं, र तिनलाई आफैंलाई नोक्सानी पुर्याउनबाट जोगाउन सक्यौं,’ जुकर्बर्गले भने । एजेन्सीको सहयोगमा

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ०६:२५