सिम्रिकसँगको सम्झौता कार्यान्वयन गराउन अग्निको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिम्रिकसँगको सम्झौता कार्यान्वयन गराउन अग्निको आग्रह



काठमाडौं । निजी क्षेत्रको आन्तरिक बायुसेवा कम्पनी अग्नि एयरका सञ्चालक सुधिर बस्नेतले अर्को वायुसेवा अग्नि एयरसँग विगतमा भएको सम्झौता कार्यान्वयनमा नआएको भन्दै सम्बद्ध बैंक तथा वित्तीय संस्थालाई उपयुक्त कदम चाल्न आग्रह गरेका छन् ।

अग्निलाई ऋण दिएका तीन वित्तीय संस्था ग्राण्ड बैंक नेपाल, सनराइज बैंक लिमिटेड र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीको रोहवरमा २०७० असोजमा अग्नि र सिम्रिकबीच सम्झौता भएको थियो । सो सम्झौतामा अग्निसँग रहेका पाँच थान जहाज सिम्रिक साढे पाँच वर्षका लागि भाडामा लिएर उडाउने तथा अग्निको सबै ऋण सिम्रिकले चुक्ता गर्ने उल्लेख छ ।

ग्राण्ड बैंकको अगुवाइमा सनराइज र आइएलएफसीबाट अग्निले सहवित्तीयकरण कर्जाअन्तर्गत ५९ करोड रुपैयाँ ऋण लिएको थियो । हाल त्यो बढेर ७२ करोड पुगेको छ । तीनवटै वित्तीय संस्थाले सिम्रिकसँग सम्झौता गरे बैंक र अग्नि दुबैलाई राम्रो हुन्छ भनेपछि त्यसबेला सम्झौता गरिएको बस्नेतको भनाइ छ ।

‘सिम्रिकलाई दिएपछि जहाज पनि सञ्चालनमा आउने र ऋण पनि चुक्त हुने छ भन्ने जुन विश्वास थियो, त्यो अहिले भताभुंग भएको छ,’ बस्नेतले भने ‘तर, न सिम्रिकले सम्झौता पालना गरिरहेका छ, न बैंकहरुले उसलाई ऋण चुक्ता गराउन ताकेता गरेका छन् । बरु उल्टै हाम्रा पाँच थान जहाज लिलामी गराउने सूचना गरे’ । बस्नेतले भने । आजको नागरिकबाट ।

प्रकाशित : १६ असार २०७२, बुधबार ०४:०९