गुडविल फाइनान्सले पायो ६० प्रतिशत हकप्रद जारी गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुडविल फाइनान्सले पायो ६० प्रतिशत हकप्रद जारी गर्ने अनुमति



काठमाडाै २२ बैशाख । गुडविल फाइनान्स लिमिटडलाई धितोपत्र बोर्डले चुक्तापूँजीको ६० प्रतिशत हकप्रद जारी गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले फाईनान्सलाई १० बराबर छ अनुपातमा २७ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ ।फाईनान्सको हकप्रद सेयर विक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ ।

गत बर्षको २५ प्रतिशत बोनसपछि गुडविल फाइनान्सको चुक्ता पूँजी ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन फाईनान्सले असारसम्ममा अरु थप सात करोड ४० लाख रुपैयाँ बोनसबाट थप गर्नुपर्ने हुन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सले दुई करोड ९७ लाख रुपैयाँ रहेको खुद नाफा गरी प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ ११ पैसा कायम गरेको छ ।

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ०७:२८