स्ट्याण्डर्ड चार्टर्डको एफपिओ भोली बाँडफाँट हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्ट्याण्डर्ड चार्टर्डको एफपिओ भोली बाँडफाँट हुने



काठमाडौं २४ वैशाख  । स्ट्याण्डर्ड चार्टर्ड बैंकको फर्दर पब्लिक अफरिङ (एफपिओ) सोमबार बाँडफाँट हुने भएको छ । शुक्रबार बाँडफाँट गर्ने भनिएपनि आस्बामा देखिएको समस्याका कारण बाँडफाँट हुन सकेको थिएन ।

आस्बाबाट आवेदन दिएको शेयर फारममा केही त्रुटी देखिएका बैंकहरुले त्यसलाई मिलाउनको लागि केहि समय मागेकाले समयमा नै बाँडफाँट हुन नसकेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । बैंकहरुलाई आस्बाबाट दिएको आवेदनको सहि तथ्याङ्क आज १२ बजे भित्र पेश गर्न क्यापिटलले निर्देशन दिएको जनाएको छ । बिक्री प्रबन्धकले लगानीकर्ताको हितलाई मध्यनजर राखेर उक्त निर्णय गरेको बताएको छ ।

बैंकले चैत १ देखि ४ गतेसम्म ११ सय ९० प्रिमियम थपगरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशन गरेको थियो । जसमा करिब दुई लाख २५ हजार लगानीकर्ताबाट ३८ अर्बको आवेदन परेको थियो ।

बजारमा लगानी योग्य पूँजीको अभाव भइरहँदा एफपिओको बाँडफाँटले हाल बजारमा देखिएको तरलताको सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : २४ बैशाख २०७४, आईतवार ०५:४९