आना र आशिरमानको ‘ग्याङ्गस्टर ब्लूज’ टिजर रिलिज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आना र आशिरमानको ‘ग्याङ्गस्टर ब्लूज’ टिजर रिलिज



काठमाडाै २४ बैशाख । हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को टिजर रिलिज भएको छ । टिजरमा डेब्यू ब्वाई आशिरमान देशराज जोशी लिड अभिनेत्री आना शर्मासँगै संयम पुरी र रोजिशा शाही ठकुरी फिचरिङमा छन् । फिल्मको नामले जस्तै टिजर पनि ग्यङ्गस्टर लाग्छ ।
निर्माण घोषणाको समयदेखि नै उदयिमान प्रतिभाको रुपमा अनि फिल्म उद्योगको लागी आशाको किरण मानिएका आशिरमान देशराजको अभिनय टिजरमा बोल्ड देखिन्छ । फिल्म भित्र आना र आशिरमानको प्रेममा अभिनेत्री रोजिशा भिलेन अबतारमा प्रस्तुत भएको टिजरले छनक दिन्छ ।
सरोज न्यौपानेले निर्माण गरेको फिल्मको केहि हप्ता पहिले मात्रै नेपालगंजबाट सम्पुर्ण छायांकन सकिएको थियो । भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्मको प्रचारलाई थालनी गर्दै शनिबार निर्माण टिमले टिजर बाहिर ल्याएको हो ।
रिलिजको केहि घण्टामै युट्युवमा टिजरप्रति सकारात्मक प्रतिक्रिया व्यक्त भएको छ । धेरै दर्शकले आशिरमान र आनाको यो फिल्मलाई ‘अवेटेड’ लेखेका छन् । शैलेन्द्र डि कार्कीले फिल्म खिचेका हुन् । ‘ग्याङ्गस्टर ब्लूज’मा कालिप्रसाद बाँस्कोटाको संगीत छ ।

प्रकाशित : २४ बैशाख २०७४, आईतवार ०७:१८