चार सेकेण्डै आगो निभाउने फायर रेस्क्यु बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चार सेकेण्डै आगो निभाउने फायर रेस्क्यु बजारमा



काठमाडौं, २४  वैशाख ।  दन्किरहेको आगोको ज्वालाई छिनभरमै निभाउन सक्ने जापानी टेक्नोलोजीको फायर रेस्क्यु अव नेपाली बजारमा समेत उपलव्ध भएको छ । एब्सुलेट इन्टरनेशनल प्रालिले पहिलो पटक यो व्राण्ड नेपाल ल्याएको हो । ग्रेएसिया कम्पनीको उत्पादन रहेको यो आगो निभाउने फायरस्क्यु प्रोडक्ट अहिले जापानका साथै युके, युरोपियन मुलुकमा उच्च माग रहेको छ । जस्तोसुकै आगलागी पनि नियन्त्रण गर्न सकिने यो फायरस्क्यु ६ सय ५० मिलि लिटरको वोत्तलमा उपलव्ध रहेको छ ।

यसलाई आगलागी भएको ठाउँमा दुई सेकेण्ड हल्लाएर फ्याक्दा इन्डोरमा ४ सेकेण्ड र आउटडोरमा वढीमा २० सेकेण्डमा आगो नियन्त्रण हुने कम्पनीले जनाएको छ । वृद्ध, वालवालिका, अशक्त, महिला जस्ले पनि आगो नियन्त्रणका लागि प्रयोग गर्न सक्ने यो प्रोडक्ट अण्डाजस्तो रहेकाले आगोमा फ्याक्नासाथ फुट्ने र आगो ततकालै नियन्त्रणमा आउने जनाइएको छ । यसले कुनै साइड इफेक्ट नगर्ने र कुनै पनि चिजले निभ्न नसकेको आगो पनि निभाउने कम्पनीको दावी छ ।

आगोको ज्वालालाई ४ सेकेन्डमै निभाउन सक्ने यो प्रोडक्टको मुल्य प्रति वोतल ४ हजार रुपैयाँ रहेको छ । यो प्रोडक्टको ५ बर्षसम्म भ्यालिड डेट रहेकाले जुनसुकै स्थानमा (घर, अपार्टमेन्ट, पसल, होटल, पेट्रोल पम्प, ठुला कम्पनी, उद्योग)मा सहजै राख्न सकिने कम्पनीको भनाई छ । ‘हाम्रो जस्तो भोगोलिक अवस्था भएको देश अनि नयाँ तथा पुराना शहरका हरेक घर वा कम्पनीमा यो उपयुक्त हुन्छ’, एब्सुलेट इन्टरनशेनलका प्रवन्ध निर्देशक नविन थापाले भने, ‘यो जस्तो सुकै आगो निभाउन, जुनसुकै अवस्थाका मानिसले प्रयोग गर्न सक्ने र मुल्य पनि कम रहेकाले कुनै समस्या छैन ।’

कम्पनीका अनुसार वन जंगलको आगो नियन्त्रण गर्न पनि यो उपयुक्त हुन्छ । यसलाई ६ लिटर पानीमा एक वोत्तल मिसाएर पनि प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । यो प्रोडक्ट न्युनतम तापक्रम १० डिग्री र अधिकतम तापक्रम ६० डिग्रीसम्म राख्न सकिन्छ ।

प्रकाशित : २४ बैशाख २०७४, आईतवार ११:४४