हिमालयन बैंकको खुद नाफा १ अर्ब ५३ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन बैंकको खुद नाफा १ अर्ब ५३ करोड



काठमाडौं २५ बैशाख ।  हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५३ करोड ५१ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्ष यही अवधिको तुलनामा १६।३६५ ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष बैंकले १ अर्ब ३१ करोड ९३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा ९।४७५ ले मात्र वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयनले २ अर्ब ७६ करोड ९५ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको सञ्चालन नाफा पनि २ अर्ब ३९ करोड ७२ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो त्रैमासमा हिमालयनले ९२ अर्ब ८९ करोड ८ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जातर्फ बैंकले ७८ अर्ब ८ करोड ३४ लाख ९२ हजार रुपैयाँ लगानी गरेको छ । गत वर्षको तुलनामा निक्षेप १४।८५५ र कर्जा लगानी १९।६०५ ले वृद्धि भएको छ । बैंकले गत वर्ष २।९८५ रहेको खराब कर्जालाई कम गरेर ०।९०५ मा सीमित राखेको छ । यसैगरी, कर्जा निक्षेप अनुपात ७९।९०५ छ ।

बैंकको कस्ट अफ फन्ड भने बढेको छ । गत वर्ष २।२६५ रहेको कस्ट अफ फन्ड यो त्रैमासमा ३।२५५ पुगेको छ । बैंकको इक्विटीमा प्रतिफल पनि घटेको छ । हाल बैंकको इक्विटीमा प्रतिफल २०।५२५ छ । गत वर्ष यो २३।०९५ थियो । तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको चुक्ता पुँजी पनि ४७।०२५ ले बढेर ६ अर्ब ६१ करोड ४७ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैयाँ मात्र थियो । बैंकले ४ अर्ब ५१ करोड ३० हजार रुपैयाँ रिजर्भ कोषमा जम्मा गर्न सफल भएको छ । रिजर्भ कोष पनि गत वर्षको तुलनामा १९।३४५ ले बढेको हो । हिमालयनको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ३७ पैसा छ । प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै घटेका छन् । गत वर्ष प्रतिसेयर आम्दानी ३९ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ थियो ।

प्रकाशित : २५ बैशाख २०७४, सोमबार ०७:०६