सन्यासी सिइओको वर्किङ्ग स्टाइल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सन्यासी सिइओको वर्किङ्ग स्टाइल



दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने पतंजलीले चालू आर्थिक बर्षमा आप््नो आम्दानी दुइ गुणा बढाएर २०,००० करोड भारुको लक्ष्य राखेको छ ।

कम्पनीले ३१ मार्च २०१७मा समाप्त भएको आर्थिक बर्षमा सय प्रतिशत ग्रोथका साथ १०,५६१ करोड भारतिय रुपैयाँ कारोबार गरेको थियो । बाबा राम देवको अगुवाइमा स्थापना भएको कम्पनी एफएमसीजी सेक्टरमा युनिलिवर पछि दोस्रो सबै भन्दा ठूलो कम्पनी बनेको छ ।

पतंजली आयुवेर्दको सफलताको पछाडी जस्को हात छ उनको नाम हो आचार्य बालकृष्ण । आउनुस आज हामी जानौ सन्यासी सिइओको वर्किंग स्टाइल ।

३४ बर्षिय बालकृष्णले कम्पनीलाई निकै माथी उचाइमा पुर्याउन सफ लबनेका छन् । तर उनको वकिंग स्टाइल भने फरक छ । बालकृष्ण आचार्य आइफोन प्रयोग गर्छन, तर उनको कार्यक्षेत्रमा कम्प्यूटरको सुविधा भने छैन । यही मात्रै हैन उनि परम्परागत धोती र कुर्तामा सजिने आचार्य आफ्नो टेबलमा प्रिन्ट डकुमेन्टमा मात्रै पढ्न रुची राख्छन । त्यस्तै उनि सुद्ध हिन्दीमा नै आफ्ना कुराहरु राख्छन ।

बलकृष्ण आचार्य कम्पनीबाट कुनै परि तलब लिएका छैनन । उनि बर्ष भरि नै काममा बिताउछन । तर उनि दैनिक ८ वा १० घन्टा हैन पुरै १५ घन्टा नै काममा बिताउछन । उनको दाबी छ आज सम्म कुनै पनि छुट्टी नलिइ नै काममा निरन्तर लागि परेका छन् । रोचक कुरा त के छ भने उनि पाँच जनाको काम एकलैले गर्दै आएका छन् । बालकृष्ण यो मान्छन कि उनको कठिन परिश्रमको कारणले नै केही बर्षमा नै पतंजली १०००० करोड भारतिय रुपैयाँको टर्नओभर भएको कम्पनी बन्न पुग्यो ।

करिब १० बर्ष अगाडी व्यक्तीगत ऋण लिएर यात्रा सुरु गरेका बालकृष्णले कहिले पनि सोचेका थिएनन पतंजलीले यति लामो यात्रा तया गर्छ भनेर । बालकृष्णले भनेका छन करिब ५० देखि ६० करोड भारु लोन लिएको थिए , त्यो पनि व्यक्तीगत त्यो बेला मेरो कुनै बैंक एकाउन्ट पनि थिएन । रामदेवका अनुन्यायी एनआरआइ दम्पती सुनिता र सरवन पोद्दारले बालकृष्णलाई काम गर्न लोन दिएका थिए । यि दम्पतीसंग लिएको कर्जा कम्पनीले पुरा तिरेको छ । तर पनि उनिहरुको कम्पनीमा ३ प्रतिशत सेयरको हिस्सादारी कायमै छ । नवभारतटाइमस्

प्रकाशित : २५ बैशाख २०७४, सोमबार ०७:०७