उद्योग वाणिज्य महासंघको अध्यक्षमा मुरारका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उद्योग वाणिज्य महासंघको अध्यक्षमा मुरारका



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ विशेष साधारणसभाबाट कार्यबाहक अध्यक्ष पशुपति मुरारका कार्यकारी अध्यक्ष हुने निश्चित भएको छ ।

बिहीबार हुने साधारणसभापछि हुने निर्वाचनमा अध्यक्षका लागि प्रत्यासी भास्कर राजकर्णिकार र भवानी राणाले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि मुरारका अध्यक्ष हुनुहुने भएको हो । राजकर्णिकारले मङ्गलबार उम्मेदवारी फिर्ता लिनुभएको थियो भने राणाले बुधबार पत्रकार सम्मेलन गरी महासंघको एकताका लागि उम्मेदवारीबाट फिर्ता लिएको बताउनुभयो ।

 

महासंघका अध्यक्ष प्रदीपजङ्ग पाण्डे भ्रष्टाचार मुद्दामा मुछिएपछि महासंघ नेतृत्वविहीन भएको थियो । आगामी २१ महिनाको कार्यकालका लागि यस विशेष साधारणसभाले मुरारकालाई औपचारिक रुपमा अध्यक्ष बनाउनेछ ।

प्रकाशित : १६ असार २०७२, बुधबार १२:५९