मेगासँग विलय हुन लागेको टुरिजम डेभलपमेन्ट बैंकको प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगासँग विलय हुन लागेको टुरिजम डेभलपमेन्ट बैंकको प्रगति



 काठमाडौं २६ बैशाख ।  टुरिजम डभलपमेन्ट बैंकको खुद नाफा १०४.१३% ले वृद्धि भएको छ । मेगा बैंकसँग मर्ज प्रकृयामा रहेको यो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड ९ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही अवधिमा बैंकले ९ करोड ८४ लाख ५१ हजार रुपैयाँ मात्र खुद नाफा कमाउन सकेको थियो । बैंकको खुद ब्याज आम्दानी पनि ३८ करोड ९६ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा खुद ब्याज आम्दानी पनि ९१.४३% ले वृद्धि भएको हो । टुरिजमले यो त्रैमासमा १ करोड ९४ लाख ७८ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि ३ करोड ८१ लाख ६२ हजार रुपैयाँ छुट्याएको छ । टुरिजमले ११ अर्ब ६ करोड १६ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले ९ अर्ब ८७ करोड ९२ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह पनि गरेको छ । यो त्रैमासमा बैंकले खराब कर्जालाई १.१७% मा सीमित राखेको छ ।
गत वर्ष खराब कर्जा २.४२% थियो । यसको कर्जा निक्षेप अनुपात ७३.९२% छ । टुरिजमको कस्ट अफ फन्ड भने बढेको छ । कस्ट अफ फन्ड ४.७९% बाट ७.४०% पुगेको छ । बैंकको इक्विटीमा प्रतिफल (वार्षिक) १६.२०% छ । टुरिजमको चुक्ता पुँजी १ अर्ब ११ करोड २० लाख २२ हजार रुपैयाँ छ । गत वर्षको तुलनामा चुक्ता पुँजी ४१.३०% ले बढेको छ । रिजर्भ कोषमा पनि यो त्रैमासमा ५४ करोड १६ लाख ११ हजार रुपैयाँ जम्मा भएको छ । बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ दुवैमा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष १६ रुपैयाँ ६८ पैसा रहेको प्रतिसेयर आम्दानी (वार्षिक) यसपाली २९ रुपैयाँ १३ पैसा भएको छ । प्रतिसेयर नेटवर्थ पनि १२४ रुपैयाँ ५७ पैसा बाट बढेर १७९ रुपैयाँ ७९ पैसा भएको छ ।

 

प्रकाशित : २६ बैशाख २०७४, मंगलवार ०८:३४