मिर्मिरे माईक्रोफाईनान्सको खुद नाफा ५०.५४ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मिर्मिरे माईक्रोफाईनान्सको खुद नाफा ५०.५४ प्रतिशतले बढ्यो



काठमाडौँ २६ बैशाख ।मिर्मिरे माईक्रोफाईनान्स लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५०.५४ प्रतिशतले बढेको छ । गत बर्ष लघुवित्तले ८० लाख ९८ हजार रुपैयाँ कमाएकोमा तेस्रो त्रैमासमा एक करोड २१ लाखरुपैयाँ खुद नाफा कमाएको छ ।

मिर्मिरे लघुवित्तको गत वर्षको तुलनामा निक्षेप १५८ प्रतिशत र कर्जा लगानी १२५.४२ प्रतिशत, खुद व्याज आम्दानी ८३.७७ प्रतिशत, सञ्चालन नाफा ३८.७३ प्रतिशतले बढेको छ ।

मिर्मिरेको चुक्ता पूुँजी तीन करोड रुपैयाँ छ भने जगेडाकोषमा पनि चुक्ता पूँजीभन्दा बढि तीन करोड आठ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १६ करोड ५९ लाख रुपैयाँ संकलन गरी ७४ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेर चार करोड ८३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले संम्भावित जोखिमका लागि ७८ लाख रुपैयाँ प्रोभिजन गरेको छ भने २५ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

यस अवधिमा कम्पनिको निष्कृय कर्जा १.२४ प्रतिशत र प्रतिसेयर आम्दानी वार्षिक ५४.१८ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०२.८१ रुपैयाँ, पूँजीकोषको अनुपात ८.८१ प्रतिशत, तरलता अनुपात १६ प्रतिशत र मुल्य आम्दानी अनुपात ५०.०२ गुणा रहेको छ ।

प्रकाशित : २६ बैशाख २०७४, मंगलवार १०:०७