तपाईको आइफोन बोक्ने सपना पूरा हुँदैछ ,यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तपाईको आइफोन बोक्ने सपना पूरा हुँदैछ ,यस्तो छ कारण



काठमाडाै २७ बैशाख । निकट भविष्यमै तपाईको आइफोन बोक्ने सपना पूरा हुँदैछ । केही अन्तराष्टिय मिडियाहरुमा प्रकाशित रिपोर्टलाई मान्ने हो भने एप्पल कम्पनीले आइफोन फाइभ एसको मूल्य घटाएर नेपाली करिब २४ हजार रुपैयाँ कायम गर्दैछ । एप्पलले निकट भविष्यमै भारतमा एक्सक्लूसिभ अनलाइन स्टोर संचालन गर्ने र त्यसअघि भारत तथा आसपासका देशमा बिक्री बढाउन आइफोन फाइभ एसलाई घटाएर बजारमा ल्याउन लागेको दाबी गरिएको छ ।

भारतमा घट्ने मूल्यबाट नेपालले समेत लाभ लिनसक्नेछ । आइफोनको यो संस्करण चारवर्ष पुरानो हो ।

एप्पलले आफ्ना उत्पादनहरुको बिक्रीका लागि अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउन खोजिरहेको छ । उसले अनलाइनबाट बिक्री हुने सेटहरुमा समेत विशेष छुटको अफर दिन खोजिरहेको स्रोतहरुलाई उद्धृत गर्दै रिपोर्टहरुमा जनाइएको छ ।

एप्पलले भारतबाट समेत मोवाइल उत्पादनको तयारी थालेको छ। त्यहाँबाट नै सेटहरु उत्पादन हुन थाले नेपालीहरुले अझ सस्तोमा समेत आइफोन बोक्न पाउने दाबी गरिएको छ ।

आइफोन फाइभ एस आजको दिनमा समेत ग्राहकमाझ उत्तिकै लोकप्रिय छ । कारण यसको साइजले धेरैलाई लोभ्याएको छ र यो बोक्न निकै सजिलो पनि छ । आइफोन फाइभ एस यदि २४ हजार नेपाली रुपैयाँमा प्राप्त भयो भने यसले ओप्पो, शाओमी, मोटोरोला, बीबो, लेनोभो जस्ता कम्पनीहरुलाई निकै ठूलो असर पुुग्ने आँकलन गरिएको छ ।

प्रकाशित : २७ बैशाख २०७४, बुधबार ०३:०१