एनसेलले पनि सर्वसाधारणका लागि सेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसेलले पनि सर्वसाधारणका लागि सेयर जारी गर्ने



काठमाडौ, २७ वैशाख  ।निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक एनसेलले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कम्पनी ऐन (पहिलो संशोधन २०७४) लाई प्रमाणीकरण गरेसँगै निजी क्षेत्रका दूरसञ्चार कम्पनीले पनि आईपीओ जारी गर्नैपर्ने भएपछि एनसेलले सेयर जारी गर्ने भएको हो ।

संशोधित विधेयकमा पाँच करोडभन्दा बढी चुक्तापुँजी भएका दूरसञ्चार कम्पनीले दुई वर्षभित्रमा नै सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने व्यवस्था गरिएको  छ । सोही व्यवस्था अनुरुप एनसेलले सर्वसाधारणका लागि अनिवार्य सेयर जारी गर्नुपर्ने भएको हो । निजी क्षेत्रकै अर्को दूरसञ्चार सेवा प्रदायक यूटिएलले पनि अब सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्नेछ ।

एनसेल प्रा.लिको मुख्य कम्पनी टेलियासोनेराबाट आएको टोलीले प्रारम्भिक अध्ययन गरेर सेयर निष्काशन गर्ने सम्बन्धमा  नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेप्सेसँग परामर्श समेत गरिसकेको छ । एनसेलमा टेलियासोनेराको प्रत्यक्ष स्वामित्व ६०.४ प्रतिशत रहेको छ ।

 

प्रकाशित : २७ बैशाख २०७४, बुधबार ०५:३६