बैंक अफ काठमाण्डूले कति तोक्यो एफपिओको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बैंक अफ काठमाण्डूले कति तोक्यो एफपिओको मूल्य



काठमाडौं २७ वैशाख  । बैंक अफ काठमाण्डूले एफपिओको मूल्य तोकेको छ । बैंकले नयाँ संस्थापक शेयर प्रतिकित्ता ३१० रुपैयाँमा निष्काशन गर्ने भएको छ । बैंकले फेस भ्यालु एक सय रुपैयाँमा २१० रुपैयाँ प्रिमियम थपेर ३१० रुपैयाँमा एफपिओ जारी गर्ने प्रस्ताव गरेको हो ।

बैंकले ६१ लाख ५८ हजार ०६७ कित्ता थप संस्थापक शेयर बिक्री गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले एक अर्ब ९० करोड ९० लाख ७७० रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री गर्ने जनाएको छ ।

बैंकले हाल कायम शेयर स्वामित्व अनुपातलाई कम्तीमा संस्थापक तर्फ ५१ प्रतिशत र साधारणतर्फ ४९ प्रतिशत कायम गर्नका लागि एफपिओ जारी गर्न लागेको हो ।

बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिए पश्चात बैंकको साधारण सभाले संस्थापक शेयरधनीको शेयर स्वमित्व हाल कायम ४५.६४ प्रतिशतबाट कम्तीमा ५१ प्रतिशत पुयाउन थप संस्थापक शेयरको निष्काशन गर्ने निणर्य गरेको थियो ।

प्रकाशित : २७ बैशाख २०७४, बुधबार ०६:३८