‘वान बेल्ट वान रोड’ मा नेपालले गर्यो हस्ताक्षर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘वान बेल्ट वान रोड’ मा नेपालले गर्यो हस्ताक्षर



काठमाडौं २९ बैशाख । छिमेकी मुलुक चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’(रेशम मार्ग) अवधारणमा नेपालले औपचारीक रुपमा हस्ताक्षर गरेको छ । यसअघि मन्त्रीपरिषदले सो अवधारणामा नेपालले पनि सहभागिता जनाउने निर्णय गरेसँगै ओबरमा शुक्रबार बिहान दुई देशबीच सचिव स्तरिय सम्झौतामा हस्ताक्षर भएको हो ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र सचिव शङकरदास वैरागी र चीनको विदेश मन्त्रालयका सचिवको अख्तियारीमा नेपालका लागि चिनियाँ राजदुत यू होङले हस्ताक्षर गरेका छन् । चीनले आर्थिक विकासको लक्ष्यसहित सन् २०१३ मा अघि सारेको यो अवधारणा अनुसार यस क्षेत्रमा अन्य देशले पनि लाभ लिन सक्ने भीनको दाबी छ । नेपालसँग सिमा जोडिएको चीनसँगको यो सम्झौताले नेपालमा वैदेशिक लगानी बढाउने तथा चीनबाट नेपालसम्म रेलमार्ग ल्याउन बाटो खुला गरेको हस्ताक्षर कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताए । यो सम्झौता पछि चीनसँगको नेपालको सम्पर्क बढ्दै लगानी, व्यापार तथा पारवहन सहज बन्ने उनको धारणा छ ।

प्रकाशित : २९ बैशाख २०७४, शुक्रबार ०६:३१