गोर्खाज फाइनान्सको अाज देखि हकप्रद बिक्रि खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गोर्खाज फाइनान्सको अाज देखि हकप्रद बिक्रि खुला



काठमाडाै  १ जेठ  । गोर्खाज फाइनान्सले आज जेठ १ गते देखि हकप्रद बिक्रि खुला गरेको छ । फाइनान्सले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गरेको  हो। फाइनान्सले २८ करोड ९३ लाख बराबरको २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद निष्काशन गरेको हो  । हकप्रद निष्काशनको लागि एनआईबिल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ  ।

फाइनान्सले हकप्रद निष्काशन प्रयोजनार्थ बैशाख २० गते बुक क्लोज गर्ने निर्णय भएको थियो   । बैशाख १९  सम्म कायम शेयरधनीले हकप्रद प्राप्त गर्न सक्ने छन् ।  लगानीकर्ताले असार ४ सम्म हकप्रदको लागि आवेदन दिन सक्ने छन्  ।

इच्छुक लगानीकर्ताले एनआईबिल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट तथा गोर्खाज फाइनान्सको सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्ने छन् ।

फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ७० लाख खुद नाफा गरेको थियो  । हकप्रद निष्काशनपछि फाइनान्सको चुक्ता पुंजी अहिले कायम रहेको ५७ करोड ८६ लाखबाट बढेर ८६ करोड २० लाख पुग्ने छ ।

गोर्खा डेभलपमेन्ट बैंक र गोर्खाज फाइनान्स मर्ज भई चैत्र २८ बाट २०७२ बाट ‘गोर्खाज फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार भईरहेको छ  ।

प्रकाशित : १ जेष्ठ २०७४, सोमबार ०६:१८