रसुवागढी हाइड्रोपावरको एक करोड ६४ लाख कित्ता शेयर आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रसुवागढी हाइड्रोपावरको एक करोड ६४ लाख कित्ता शेयर आउँदै



काठमाडौं,१ जेठ  ।रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले एक करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

रसुवागढीले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । कम्पनीले प्रमोटर सेयर होल्डिङ कम्पनीका कर्मचारीहरू, कर्मचारी सावधान कोषका सदस्यहरू र कर्जा प्रदायक संस्थाका कर्मचारीहरूका लागि उक्त सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल, एनआईबीएल क्यापिटल मार्केट लिमिटेड, ग्लोबल आइएमई क्यापिटल र एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा चयन गरेको छ ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनी हो । सन् १९९५ मा स्थापना भएको चिलिमे हाइड्रोपावरमा नेपाल विद्युत् प्राधिकरणको अधिकतम (५१ प्रतिशत) स्वामित्व रहेको छ भने २५ दशमलव पाँच प्रतिशत शेयर विद्युत् प्राधिकरण र चिलिमेका कर्मचारीको तथा १४ प्रतिशत सर्वसाधारण र १० दशमलव पाँच प्रतिशत रसुवा जिल्लाका स्थानीयवासीको छ । काठमाडौंबाट एक सय ३३ किलो मिटर उत्तर रसुवामा रहेको चिलिमे हाइड्रोपावरको हाल २२ दशमलव एब मेगावाट बिजुली उत्पादन गर्ने क्षमता रहेको छ । कम्पनीले वर्षमा १ सय ५० गिगावाट बिजुली उत्पादन गर्छ ।

कम्पनीले थप तीनओटा हाइड्रोपावर परियोजना बनाउनेछ । यी परियोजनाबाट दुई सय ७० दशमलव तीन मेगावाट बिजुली उत्पादन हुनेछ । कम्पनीले सन् २०२० सम्ममा पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अन्तर्गतका जलविद्युत् आयोजना साञ्जेन, मध्य भोटेकोशी र रसुवागढी हाइड्रोपावर परियोजनका लागि छुट्टै सहायक कम्पनी स्थापना भएका छन् । चिलिमे हाइड्रोपावरबाट उत्पादित धेरैजसो बिजुली नेपाल विद्युत् प्राधिकरणले खरीद गर्ने गर्छ

 

प्रकाशित : १ जेष्ठ २०७४, सोमबार ०८:५६