सानिमाका ग्राहकले अनलाइनबाटै शेयर भर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमाका ग्राहकले अनलाइनबाटै शेयर भर्न पाउने



काठमाडौं, २ जेठ  । सानिमा बैंक लिमिटेडले आस्बा प्रणाली अन्तर्गत अनलाइनबाटै शेयर आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । बैंकले आस्बा प्रणालीलाई अझ सरल तथा झन्झटरहित बनाउने उद्देश्यले जेठ १ गतेदेखि अनलाइनमार्फत शेयर आवेदन दिन सक्ने व्यवस्था मिलाएको जनाएको छ ।

बैंकमा खाता हुने खातावालहरु र नयाँ खाता खोल्नेले ईन्टरनेट बैंकिङ्ग कारोबारको सुविधा लिई प्र्रयोग गर्न सक्ने बैंकले जनाएको छ । साथै बैंकले सम्पूर्ण शाखाहरुमार्फत डिम्याट खाता खोल्ने सुबिधा प्रदान गरेको छ ।

सानिमा बैंकको मेचीदेखि महाकालीसम्म ४५ वटा शाखा संजाल तथा ५३ वटा ए.टि.एम. रहेका छन् ।

प्रकाशित : २ जेष्ठ २०७४, मंगलवार ०५:२३