सिनर्जी पावर र फरवार्ड कम्युनिटीको पहिलो सेयर कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिनर्जी पावर र फरवार्ड कम्युनिटीको पहिलो सेयर कारोबार



काठमाडौं २ जेठ।मंगलबार नेप्सेमा दुई कम्पनीको पहिलो पटक सेयर कारोबार खुलेको छ । नेप्सेका अनुसार सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र फरवार्ड कम्युनिटी माईक्रोफाइनान्सको सेयर कारोबार खुलेको हो । यसै बर्ष आईपीओ निष्कासन गरेका यी दुवै कम्पनीले गत हप्ता मात्रै नेप्सेमा सेयर सूचिकरण गराएका थिए ।
नेप्सेका अनुसार सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको एसपीडिएल र फरवार्ड कम्युनिटी एफओडब्लुएडिको कारोबार हुनेछ ।
सिनर्जीको पहिलो कारोबारका लागि सेयरमूल्य प्रतिकित्ता न्यूनत्म ७८ रुपैयाँ र अधिकत्म प्रतिकित्ता २३४ रुपैयाँ तोकिएको छ । त्यस्तै फरवार्ड कम्युनिटीको पहिलो कारोबार मूल्य ३५० रुपैयाँदेखि १०५१ रुपैयाँ तोकिएको छ ।
सिनर्जीले २१ लाख कित्ता साधारण सेयर बिक्री गरेको थियो । सिनर्जी पावरले दोलखामा १० मेगावाटका सिप्रिङ खोला हाइड्रोपावर निर्माण गरिरहेको छ ।
फरवार्ड कम्युनिटी माईक्रोफाइनान्सले ६ लाख कित्ता साधारण सेयर बिक्री गरेको थियो ।

प्रकाशित : २ जेष्ठ २०७४, मंगलवार ०७:२४