सनराइजको हकप्रद कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइजको हकप्रद कहिले ?



काठमाडौं, २ जेठ । सनराईज बैंकले एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार छ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले पुंजी बृद्धिको लागि यही जेठ १६ गतेबाट हाल कायम रहेको चुक्ता पुंजी पाँच अर्ब ४५ करोड ३२ लाख १२ हजार एक सय रुपैयाँ मध्येबाट १० बराबर तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

बिक्री प्रवन्धक प्रभुु क्यापिटल लिमिटेड रहेको बैंकको हकप्रद सेयरको बिक्री कार्य आगामी असार १९ गतेसम्म जारी रहने छ । अधिकृत पुंजी १० अर्ब तथा जारी पुंजी सात अर्ब आठ करोड ९१ लाख ७५ हजार सात सय रुपैयाँ रहेको बैंकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी सात अर्ब आठ करोड ९१ लाख ७५ हजार रुपैयाँ नै पुुग्ने छ ।

प्रकाशित : २ जेष्ठ २०७४, मंगलवार ०८:०६