९ दशमलव ९९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

९ दशमलव ९९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ २ जेठ । मंगलबार नेप्से ९ दशमलव ९९ अंकले ओरालो लागेको छ। १६सय ५९ मा खुलेको नेप्से १६सय ४९ मा पुगेर बन्द भएको छ। मंगलबार उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएको छ ।
मंगलबार उतपादनमुलकसमुह ३० दशमलव ८९ अंकले उकालो लागेको छ । मंगलबार इन्सयोरेन्स समुह ४६ दशमलव ०७ अंकले, जलविधुत समुह १९ दशमलव ९ अंकले, होटल समुह १७ दशमलव ५३ अंकले, विकास बैक समुह १४ दशमलव ५१ अंकले, बैकिड. समुह १० दशमलव ४१ अंकले, फाइनान्स समुह ५ दशमलव ७ अंकले र अन्य समुह ० दशमलव ५८ अंकले ओरालो लागेको छ ।
मंगलबार कारोबारमा आएका १४० कम्पनी बाट २८ लाख २१ हजार ७ सय १५ कित्ता शेयरबाट ५० करोड ४९ लाख ८५ हजार ६ सय ५८ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : २ जेष्ठ २०७४, मंगलवार ०९:४८