४ दशमलव ९८ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

४ दशमलव ९८ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ ३ जेठ । बुधबार नेप्से ४ दशमलव ९८ अंकले ओरालो लागेको छ। १६सय ४९ मा खुलेको नेप्से १६सय ४४ मा पुगेर बन्द भएको छ। बुधबार उतपादनमुलक ,होटल र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएको छ ।
बुधबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ। बुधबार इन्स्योरेन्स समुह २६ दशमलव ६ अंकले ओरालो लागेको छ । बुधबार जलविधुत समुह २० दशमलव १६ अंकले, बैकिड. समुह ७ दशमलव ५५ अंकले, फाइनान्स समुह २ दशमलव १८ अंकले, र विकास बैक समुह १ दशमलव २१ अंकले ओरालो लागेको छ ।
बुधबार उतपादनमुलक समुह ३२ दशमलव ६४ अंकले उकालो लागेको छ । बुधबार होटल समुह ४ दशमलव ७७ अंकले र अन्य समुह ४ दशमलव ०५ अंकले उकालो लागेको छ ।
बुधबार कारोबारमा आएका १४० कम्पनी बाट ३१ लाख ६४ हजार ९ सय ६६ कित्ता शेयरबाट ६१ करोड ९८ लाख २ हजार ५ सय १३ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७४, बुधबार ०९:३१