नेपालमा एप्पल आइफोनको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपालमा एप्पल आइफोनको मूल्य घट्यो



काठमाडौं ४ जेठ।एप्पलको नेपालको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले आइफोनको मूल्य घटाएको हो।कम्पनीका अनुसार आइफोन सेभेन ३२ जीबीको ब्ल्याकको मूल्य ८६ हजारमा झरेको छ।कम्पनीका अनुसार आइफोन सेभेन १ सय २८ जीबी गोल्ड,रोज गोल्ड,ब्ल्याक,जेट ब्ल्याक र रेडको मूल्य ९९ हजार ८ सय रुपैयाँमा झरेको छ।

कम्पनीले आइफोन सेभेनआइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य १ लाख १२ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार आइफोन सेभेन प्लस३२ जीबी ब्ल्याकको मूल्य १ लाख ५ हजार रुपैयाँ तोकिएको छ।

आइफोन सेभेन प्लस १२८जीबीको मूल्य १ लाख १९ हजार रुपैयाँ तोकेको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य १ लाख ३२ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य ६८ हजार रुपैयाँ, १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य ७८ हजार रुपैयाँ, आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य ५२ हजार ५ सय रुपैयाँ तोकेको छ।। कम्पनीका अनुसार आइप्याड प्रो ९.७ स्मार्ट की बोर्डसहितको मूल्य १७ हजार ५ सय रुपैयाँ तोकिएको छ।

प्रकाशित : ४ जेष्ठ २०७४, बिहीबार ०६:४५