नेप्सेमा पनि भयो बैंक अफ काठमान्डू लुम्बिनीको नाम परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा पनि भयो बैंक अफ काठमान्डू लुम्बिनीको नाम परिवर्तन



काठमाडौं ४ जेठ।नेप्सेको कारोबार प्रणलीमा बैंक अफ काठमान्डू लुम्बिनीको नाम परिवर्तन भएर बैंक अफ काठमान्डू भएको छ । यसअघि लुम्बिनी बैंकसँग मर्ज भएर बैंक अफ काठमान्डू लुम्बिनी नाम राखेको बैंकले चैत ३ गत बसेको वार्षिक साधारण सभाले पुनः बैंक अफ काठमान्डू नै नाम राख्ने प्रस्ताव पारित गरेको थियो । नेप्सेको सूचना अनुसार यो प्रस्तावलाई कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख ७ गते अनुमोदन गरेपछि नेप्सेमा पनि बैंकको नाम परिवर्तन गरिएको छ । बैंक अफ काठमान्डू लुम्बिनी निकै लामो नाम भएको भन्दै राष्ट्र बैंकले नाम परिवर्तन गर्न निर्देशन दिएको थियो । बैंक अफ काठमान्डूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८८ करोड ६७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंक अफ काठमान्डूको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) २१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ९४ पैसा छ ।

प्रकाशित : ४ जेष्ठ २०७४, बिहीबार ०७:१२