खुल्यो जनता बैंकको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खुल्यो जनता बैंकको कारोबार



काठमाडौं ४ जेठ। जनता बैंकको सेयर कारोबार खुलेको छ । त्रिवेणी विकास बैंकसँगको मर्जर प्रयोजनका लागि जनताको सेयर कारोबार कात्तिक १८ गतेदेखि रोक्का भएको थियो । यी दुई बैंकबीचको मर्जर प्रकृया सफल भएपछि सेयर कारोबार खुलेको हो । जनताको सातौं वार्षिक साधारण सभाले पारित गरेको १२५ बोनस सेयरमा मूल्य समायोजन भएर प्रतिकित्ता ३४६ रुपैयाँमा कारोबार खुलेको छ । यसको औसत आधार मूल्य ३०३ रुपैयाँ छ । जनताले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्बन्धी भएका सम्झौता अनुमोदन गर्न र १ः१ स्वाप रेसियोलाई पारित गर्न जेठ १३ गते विशेष साधारण सभा बोलाएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७४, बिहीबार ०७:५८