यसरी फस्टाउँदै छ उत्तर कोरियाको अर्थतन्त्र ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यसरी फस्टाउँदै छ उत्तर कोरियाको अर्थतन्त्र !



निकै लामो समय देखि अन्तराष्ट्रिय आर्थिक प्रतिबन्ध झेल्दै आएको उत्तर कोरियाले आफ्नो अर्थतन्त्रलाई अगाडी बढाउनको लागि बिभिन्न किसिमका तरिकाहरु अप्नाएको छ , यहि सिलसिलामा उसले विवादास्पद हतियार कार्यक्रमलाई समेत तिव्रताका साथ अगाडी बढाएको छ । जानकारहरुको भनाईलाई मन्ने हो भने  बिस्तारै उत्तर कोरिया पनि मुक्त अर्थ व्यवस्थालाई चुपचाप आप्नाइ रहेको छ ।

बजारको विकास


जानकारहरुको भनाईलाई आधार मान्ने हो भने उत्तर कोरियाको अर्थतन्त्रको विकास दर १ देखि ५ प्रतिशतको आसपासमा छ ।  २०११देखि किम जोँग उन सत्तामा आए देखि उत्तर कोरियाको बजार विकास हुन गएको हो ।  अर्थतन्त्रको यही विकास अनौपचारिक र सरकारी दुवै क्षेत्रमा   भएको छ ।  न्यूवर्क टाइम्सका अनुसार  २०१०मा सरकारको अनुमतीमा खुलेका सपिंग सेन्टरमा दुई गुणा भन्दा बढीको बढ्त्तरी छ ।

यो हो उत्तर कारियाको अर्थतन्त्र
जीडीपीः ४० बिलियन डलर
जीडीपी(प्रति व्यक्ती ) १,८०० डलर
निर्यातः ४.१५२ बिलियन डलर
चीनमा निर्यातः ७५.८ प्रतिशत
चीनबाट आयतः ७६.४ प्रतिशत

विकासमा किमको ध्यान

किम शासनमा  आए पछि उनको ध्याननै आर्थिक विकासमा नै ध्यान दिएर आर्थिक विकासमा लागि परे ।  विज्ञहरुको भनाईमा यो अमेरिकाका लागि निकै चुनौतीपुर्ण अवस्था छ ।  किनभने चीनले धेरै तरिकाबाट प्याँग्योग संग डिल गर्न सक्छ । उत्तर कोरियाको बजारमा ८० प्रतिशत भन्दा बढी उपभोग्य सामानहरु चीनबाट नै आयत हुन्छ । यही कारण चीनसंग प्योँग्योगसंग घनिष्ठ सम्बन्ध रहेको प्रस्ट हुन्छ । यो पनि मन्न सकिन्छ बजारको विकाससंगै उत्तर कोरियाको ध्यान परमाणु हतियार हटेर आर्थिक विकासमा मात्रै केन्द्रित पनि हुन सक्ने संभावना छ ।
परिर्वतनसंगै  रोजगारी


न्यूवर्क टाइमसका अनुसार २०१०मा  सरकारको स्विकृतमा खुलेका  बजारका कारण उत्तर कोरियमा रोजगारीको संख्या पनि बढ्दो क्रममा रहेको छ  । अहिले यही मन्याता राखिएको छ कि बजारका कारण त्यहाँ लाखौले रोजगारी पाएका छन ।
अहिले राजधानी प्याग्योँगमा  नयाँ निर्माण र कारका संख्याहरु बढदै गएका छन् ।
उत्तर कोरियामा ३० लाख भन्दा बढी मानिसहरुले मोबाइल फोनको प्रयोग गर्दै आएका छन् ।

कस्तो छ उत्तर कोरियालीको जिवनस्तर


तर, अहिले पनि उत्तर कोरियामा सुविधा युक्त जिवनस्तर  मिल्न सकेको छैन । संयुक्त राष्टसंघको जानकारी अनुसार  अहिले पनि त्याहाँको ७० प्रतिशत मानिसहरु भोक मेटाउन सरकारी सहयोगकै निर्भरमा छन ।  ४० प्रतिशत भन्दा बढी व्यक्तीहरु कुपोषणको शिकार भएका छन ।

प्रकाशित : ४ जेष्ठ २०७४, बिहीबार ०८:१२