नेपाल एसबिआई बैंकको हकप्रद आइतबारबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल एसबिआई बैंकको हकप्रद आइतबारबाट



काठमाडौं ५ जेठ।नेपाल एसबिआई बैंकको हकप्रद शेयर जेठ ७ गते आइतबारबाट निष्काशन हुने भएको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा एक करोड ९९ लाख १९ हजार ४ सय २३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बैंकले हकप्रदमा वैशाख २५ सम्म कायम शेयरधनीले मात्रै शेयरमा आवेदन दिन पाउने छन् । हकप्रद लगानीकर्ताले असार ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।बैंकले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशतले हुन आउने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको हकप्रद शेयर निष्काशन गर्दैछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
हकप्रद शेयरमा, नेपाल एसबिआई बैंकका सबै शाखा कार्यालयहरु, एसबिआई मर्चेन्ट बैकिंग लिमिटेड हात्तिसार र एनएमबि क्यापिटल नागपोखरीबाट आवेदन गर्न सक्नेछन्

गतवर्षको मुनाफाबाट लगानीकर्तालाई २८ प्रतिशत बोनस वितरण गरेको बैंकले केही समय अगाडि एफपिओ निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ । हाल ४ अर्ब ९७ करोड ९८ लाख ५५ हजार चुक्ता पूँजी भएको बैंकले हकप्रद शेयर निष्काशन पछि भने ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार हुने भएको छ ।बैंकको संस्थापक शेयर ७० प्रतिशत रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत रहेको छ ।

बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा एक अर्ब १० करोड ७७ लाख रुपैयाँ खुद मुनाफा कमाएकोे छ जुन गत गत वर्षको तुलनाभन्दा १६ दशमलव २१ प्रतिशतले वृद्धि हो ।

प्रकाशित : ५ जेष्ठ २०७४, शुक्रबार ०८:१५