छ्याङ्दी हाइड्रो पावरको आईपिओ जेठ १४ बाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

छ्याङ्दी हाइड्रो पावरको आईपिओ जेठ १४ बाट



काठमाडौं ५ जेठ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ५ लाख ४० हजार कित्ता साधारण शेयरको निष्काशन जेठ १४ गतेबाट हुने भएको छ ।

कपनीले प्रति शेयर १ सय रुपैयाँ अंकित उक्त शेयरको १० हजार ८ सय कित्ता कर्मचारीलाई र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

शेयरको बिक्री छिटोमा जेठ १८ र ढिलोमा जेठ २८ गते सम्म खुल्ने कम्पनीले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ दिएको छ । उक्त शेयर जारी पछि कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ ।

कहाँबाट दिन आवेदन ?
बैंकको शेयरमा बिक्री प्रबन्धक ग्लोबल आईमइ क्यापिटल, छ्याङदि हाइड्रोको गौरीधारास्थित कार्यालय, ग्लोबल आइएमइ बैंकका शाखाहरु, काठमाडौं क्यापिटल, प्रभु क्यापिटल, जनरल फाइनान्सका शाखा कार्यालय, रिलायबल क्यापिटल, एनसीएम मर्चृन्ट बैंकिङ, एनआइसी एसिया क्यापिटल, सानिमा क्यापिटल, सिभिल क्यापिटल, भिबोर क्यापिटल र आस्वा सेवा दिने सबै बैंकहरुबाट आवेदन दिन सकिने भएको छ ।

कम्पनीले पनि पहिलो चरणमा स्थानीयको लागि २ लाख ७० हजार कित्ता शेयर जारी गरिसकेको छ । कम्पनीले ४ मेगावाटको माथिल्लो छ्याङदी खोला साना जलविद्युत् आयोजना निर्माणको लागि शेयर जारी गर्ने भएको हो । कम्पनीको अध्यक्षमा रामेश्वर थापा, अमर नाथ श्रेष्ठ, राजेन्द्रबहादुर श्रेष्ठ, उदयकुमार पियालगायत रहेका छन् ।

प्रकाशित : ५ जेष्ठ २०७४, शुक्रबार ०९:२६