हाम्रो विकास बैंकको २०० प्रतिशत हकप्रद निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हाम्रो विकास बैंकको २०० प्रतिशत हकप्रद निष्काशन



काठमाडौं, ७ जेठ । हाम्रो विकास बैंक लिमिटेड को एक बराबर दुई अर्थात २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ५८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरेको हो ।

जेठ ७ गते आइतबारबाट निष्काशन गरेको बैंकको शेयरमा वैशाख १० सम्म कायम शेयरधनीले असार ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।

हाल १५ करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी भएको हाम्रा विकास बैंकको हकप्रद बिक्रीपश्चात पूँजी ४५ करोड ८७ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ७ जेष्ठ २०७४, आईतवार ०५:०३