इ–मेलबाट ठूलो फाइल पठाउन समस्या भयो ? यो तरिका अपनाउनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इ–मेलबाट ठूलो फाइल पठाउन समस्या भयो ? यो तरिका अपनाउनुस्



जिमेलबाट २५ एमवीभन्दा ठूलो फाइल पठाउनु परे गुगल ड्राइभको प्रयोग गर्नुपर्छ । यसमा ठूलो फाइल अपलोड गर्नुपरे एकघण्टासम्मको समय लाग्नसक्छ । यदी तपाई जस्तोसुकै ठूलो फाइल सजिलै पठाउन चाहनुहुन्छ भने यसका लागि इन्टरनेटमा कयौं वेबसाइट उपलब्ध छन् । यस्तो वेबसाइटको सहयोगले ठूलाभन्दा ठूलो फाइल पनि मिनेटमै पठाउन सकिन्छ ।
७० सेकेन्डमा अपलोड हुन्छ एक जिवीको फाइल
इन्टरनेटमा पाइने केही वेबसाइटमा जिमेल र याहूको तुलनामा कयौं गुणा तिब्रगतिमा फाइल अपलोड गर्न सकिन्छ । ‘फाइलमेल डट कम’ बाट १५ एमवीसम्मको फाइल एक सेकेन्डमा अपलोड गर्न सकिन्छ । अर्थात डेढ घण्टासम्मको भिडियो ५० सेकेन्डमा अपलोड गर्न सकिन्छ । एक जिवीसम्मको फाइल ७० सेकेन्डमा अपलोड गर्न सकिन्छ । ‘प्लस ट्रान्सफर’ वेबसाइटबाट खाता नखोली २१ जिवीसम्मको फाइल पठाउन सकिन्छ । यस्तै ‘फाइल्स टू फ्रेन्डस्’ नाको वेबसाइटबाट पाँच जिवीसम्मको फाइल पठाउन सकिन्छ ।
डाउनलोड लिंकले पठाउँछ साइट
यी वेबसाइटले दोस्रो व्यक्तिसम्म फाइल पुर्याउनका लागि क्लाउड सेवाको प्रयोग गर्दछन् । एकपल्ट फाइल अपलोड भएपछि क्लाउड सेवाको सर्भरमा सेभ हुन्छ । यसपछि पठाइएको फाइलको एउटा युआरएल लिंक तयार हुन्छ । यही लिंक इमेलबाट पठाइन्छ । जसलाई यो फाइल पठाइएको हुन्छ उसले यो लिंकमा गएर पठाइएको फाइल डाउनलोड गर्नसक्छ । यस्तो लिंकले अधिकतम सात दिनसम्म काम गर्छ । सुरक्षाको कारण क्लाउड सेवाले सातदिनपछि आफै डिलिट गर्छ ।
यसरी प्रयोग गर्नुहोस्
ठूलो फाइल पठाउने अधिकांश वेबसाइटमा एकाउन्ट नखोलेरै डाटा पठाउन सकिन्छ । यस्ता साइटमा गएपछि उसको इमेल ठेगाना दिनुपर्छ जसलाई तपाई फाइल पठाउन चाहनुभएको छ । त्यसपछि सिधै फाइल अपलोड गर्न सक्नुहुन्छ । फाइलका साथै आफ्नो इमेल वा म्यासेज पनि दिन सक्नुहुन्छ । एकपल्ट फाइल अपलोड भएपछि यो साइटले आफै मेल पठाइदिन्छ जसको इमेल तपाइले यसमा समिट गर्नुभएको छ । ती व्यक्तिले मेलमा एउटा लिंक भेट्टाउनेछन र सो लिंकमा गएर उनले पठाइएको सबै फाइल अपलोड गर्न सक्नेछन् ।

प्रकाशित : ७ जेष्ठ २०७४, आईतवार ०७:३०