हरेक आर्थिक बर्षलाई उत्पादन बर्ष घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हरेक आर्थिक बर्षलाई उत्पादन बर्ष घोषणा



काठमाडौं ७ जेठ। उद्योग मन्त्रालयले आगामी आर्थिक बर्ष ०७४/७५ लाई आखाँको लेन्स उत्पादन बर्ष घोषणा गर्ने भएको छ । अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढाउने उद्देश्यसहित मन्त्रालयले हरेक आर्थिक बई उत्पादन बर्ष घोषणा गरेको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । उद्योग क्षेत्रको बिकास र प्रवद्र्धनका लागि पर्यटन र जलविद्युतका साथै पाँचवटा प्राथमिकता निर्धारण गरी अर्थतन्त्रमा योगदान पुर्याउले उद्देश्यका साथ यस्तो घोषणा गरेको उनले बताए । जसअनुसार आव ०७५/७६ लाई छाला तथा गार्मेन्ट बर्ष घोषणा गर्ने उद्योग मन्त्री जोशीले जानकारी दिए । त्यसैगरी आव ०७६/७७ लाई इलेक्ट्रिक भेइकल बर्ष, आव ०७७/७८ लाई कृषि तथा वन्यजन्य उत्पादन तथा बजारिकण आव. ०७८/७९ लाई खानी तथा खनिज बर्र्ष घोषणा गरिएको छ । ती क्षेत्रमा विशेष कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना समेत तयार गरिएको छ ।

प्रकाशित : ७ जेष्ठ २०७४, आईतवार ०९:२३